संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन आवश्यक छः कार्यवाहक प्रधानमन्त्री खड्का

संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन आवश्यक छः कार्यवाहक प्रधानमन्त्री खड्का


कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी भएको बताएका छन्। 

संविधान दिवस, २०८० को अवसरमा आज टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना दिँदै उनले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका हुन्। 

उनलेसंविधानले नेपाली जनतालाई सार्वभौमसक्ता सम्पन्न बनाउनुका साथै नागरिकहरुको राजनीतिक,सामाजिक, तथा आर्थिक अधिकारलाई पूर्णतह संरक्षण गरेको र त्यसको कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।उनले संविधानको पूर्ण कार्यान्वयनमा सबै एक भएर लाग्नुपर्ने आवश्यकता भएको बताए। 

उनले भने,‘यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुकका रुपमा स्थापित गरेको छ। यसलेसंविधानमा अभिव्यक्त नेपाली जनताको चाहना बमोजिम मूलुकमा जनउत्तरदायी एवं जनमुखी साशन व्यवस्था स्थापना तथा सञ्चालनमा हामी दृढ संकल्पितछौँ। यो संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा हाज हामी सबै एकताबद्ध हुन जरुरी छ।’

उनले संविधनप्रति सबैको उच्च सम्मान र सर्मपणले मात्रै देशलाई संमृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। खड्काले संविधानको कार्यान्वयन गर्दै देशमा राजनीतिक स्थायित्व र सुशासन कायम गरी जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर लागेको बताएका छन्। 

Logo