शिक्षकहरूलाई गगन थापाले भने- विधेयक हामी सच्याउँछौँ, विद्यालय बन्द नगरौँ

शिक्षकहरूलाई गगन थापाले भने- विधेयक हामी सच्याउँछौँ, विद्यालय बन्द नगरौँ


नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी-कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताएका हुन्।

“विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नैपर्नेछ। संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी ह। हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ,” थापाले फेसबुकमा लेखेका छन्, “आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ,अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु ।” 

 

Logo