कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज के-के भयाे छलफल ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज के-के भयाे छलफल ?


नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ । 

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मिन विश्वकर्माले, महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भए अनुसार महासमितिको बैठकको तयारीका बारेमा विभिन्न प्रस्तावहरु आएको र सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने निर्णय भएको बताए । 

‘बैठकमा तीनवटा प्रस्तावहरु प्रस्तुत भएका छन् । पहिलो नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नीतिगत विषयहरु पारित गर्न बाँकी थियो र त्यो विषयका लागि नीति महाधिवेशन गर्ने भनिएको थियो । साउन २ गतेदेखि १० गतेसम्म बसेको बैठकले नीति महाधिवेशनको सट्टामा महासमितिको बैठकबाट नै नीति पास गर्ने निर्णय भएको थियो ।’ उनले भने, ‘महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भए, अनुसार महासमितिको बैठकको तयारीका बारेमा विभिन्न प्रस्तावहरु आए र सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भन्ने छ । सोही अनुसार प्रस्ताव तयार गर्नका लागि उप सभापति तथा नीति प्रतिष्ठानका संयोजक पूर्ण बहादुर खड्काको संयोजकत्वमा नीति मस्यौदा तयारी समिति बन्ने छ ।’ 

त्यस्तै सो बैठकमा सांगठानिक प्रतिवेदनमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्ने उनले बताए ।

त्यस्तै आजको बैठकमा थापाले नै पार्टीका समग्र कार्यक्रमको समिक्षा प्रस्तुत गरेको र जन सरोकारका विषयमा उपसभापति पूर्ण बहादुर खड्काले जानकारी गराएको उनले बताए । आजको बैठकमा एक दर्जनभन्दा बढि सदस्यले आफ्नो भनाई राखेको र बैठक भोलि ११ बजेको लागि तय भएको उनले जानकारी दिए ।

Logo