अति कम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छः मन्त्री साउद

अति कम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छः मन्त्री साउद


परराष्ट्रमन्त्री एनपी साउदले अति कम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको जारी ७८औँ महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको सम्मेलनमा अति कम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्दै मन्त्री साउदले यस्तो धारणा राखेका हुन्। 

उनले भने,‘अतिकम विकसित देशहरूको व्यापार समस्यालाई समाधान गर्न व्यापार सेवामा सुधार गर्दै सुविधा प्रदान गर्नु अपरिहार्य छ।’ उनले अति कम विकसित देशहरूको आर्थिक,सामाजिक,व्यापारिक रणनीतिमा सुधार गर्न अन्तराष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताए। 

Logo