कांग्रेस निकट मुस्लिम सङ्घको महाधिवेशन आइतबार हुँदै

कांग्रेस निकट मुस्लिम सङ्घको महाधिवेशन आइतबार हुँदै


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशन हुँदै छ । मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार राष्ट्रिय सभागृहमा असोज ७ र ८ गते महाधिवेशन हुन लागेको हो ।  

महाधिवेशनको उद्घाटन भोलि दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने मन्सुरले बताए । अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ  दाबेदारी रहेको छ । उनीहरू सबै सभापति देउवा निकट मानिन्छन् ।

Logo