नेकपा एमाले बागमती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदैछ। संघीय संरचनामा गएपछि पहिलो चोटी एमालेमा बागमती प्रदेश अधिवेशन भइरहेकाे छ।काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनले बागमती प्रदेशमा नयाँ नेतृत्व चयन गर्नेछ।
सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ। तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। यद्यपि, सहमतिमा नेतृत्व खोेज्न छलफल जारी रहेको नेताहरूले बताएका छन्।
अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्का दौडमा छन्। त्यसरी नै वाग्मती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षका दाबेदार छन् ।





























प्रतिक्रिया