आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाबारे बुझ्न सभामुख झापामा

आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाबारे बुझ्न सभामुख झापामा

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजनाका अवस्था बुझ्न झापा पुगेका छन्। संसद् बैठक स्थगित भएको मौकामा उनी आफ्नो गृह जिल्ला झापा पुगेका हुन्।

सभामुख घिमिरे तीन दिन बिर्तामोडमै रहेर क्षेत्रमा सञ्चालित विकास आयोजनाको अवलोकन निरीक्षण,निर्वाचन क्षेत्रका जनतासँग अन्तर्क्रियामा सहभागी हुनेछन्। 

सभामुखको सचिवालयका अनुसार उनले मुक्तिचोक शनिश्चरे जयपुर सडक अवलोकन, भूमिहीनसँग छलफल, बिर्ता-भद्रपुर सडक, बिरिङ प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

सभामुख घिमिरेले बिर्तामोडमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा आफ्नो झापा बसाइ पूर्णरुपमा विकास काममा केन्द्रित भएको बताए। 

‘यसपटक विकास आयोजनाको निरीक्षण र कतिपय आयोजना सञ्चालन गर्न काठमाडौंमा गरेका छलफलको फलोअप गर्न आएको छु,निर्वाचन क्षेत्रका आयोजनामा मेरो निरन्तर निगरानी रहन्छ’ उनले भने।

विगतमा झापा क्षेत्र नम्बर २ मा उल्लेख्य योजनाहरु आएको बताउँदै सभामुख घिमिरेले क्षेत्रभित्रका सबै स्थानीय तहका जनप्रतिनिधिसँग अलग अलग छलफल गर्ने बताए। 

Logo