काठमाडौँ महानगरपालिकाका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई उपमेयर सुनिता डंगोलले भेटेकी छिन्। विगत १६५ घण्टादेखि प्रदर्शन गरिरहेका ईः लाई भेट्न डंगोल सोमबार बिहान प्रदर्शन गरिरहेको ठाउँमा पुगेकी हुन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।सोमबार वार्ताको विषयमा मेयर शाह र ईःको विषयमा विवाद देखिएको थियो। अभियन्ता ईःका अनुसार डंगोलले आफ्नो स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन्।





























प्रतिक्रिया