प्रधानमन्त्री प्रचण्डले गरे कैलाश पर्वतको भ्रमण

प्रधानमन्त्री प्रचण्डले गरे कैलाश पर्वतको भ्रमण

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शन गरेका छन् । 

चीनको औपचारिक भ्रमणमा रहेका उनी आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्सबाट कैलाश पर्वतका लागि उडेका थिए । प्रधानमन्त्री दाहाल बुधबार चीनको बेइजिङबाट तिब्बत आएका थिए । उनीसँगै रहेका भ्रमण दलका सदस्य पनि कैलाश पर्वत पुगेका छन् ।

ल्हासामा रहँदा उनले द्विपक्षीय भेटघाट गर्नुका साथै त्यहाँको पोतला दरबार र ऐतिहासिक मन्दिरको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।   

pm-in-man-(1)-1695889350.jpg 

pm-in-man-(3)-1695889351.jpg

pm-in-man-(4)-1695889351.jpg

pm-in-man-(5)-1695889351.jpg

pm-in-man-(2)-1695889350.jpg

 

Logo