एमाले बागमती अधिवेशन: आज मतदान

एमाले बागमती अधिवेशन: आज मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत भावी नेतृत्वका लागि आज मतदान हुँदैछ।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि आज दुई जनाका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रिय कार्यालय च्यासलमा हुनेछ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए। तर, अब ढुङ्गेल र दाहाल बिच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ।

विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो । तर, सहमतिको प्रयासमा हिजो मतदान हुन सकेन थिएन।

Skip This
Skip This
Logo