नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदैछ। आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। 

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ।  अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन्।

आज हुने निर्वाचनले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधिहरु रहेका छन्।

Skip This
Skip This
Logo