नेपाल विकसित राष्ट्रमा जाने कुरामा चीनको पूर्ण समर्थन छः प्रधानमन्त्री

नेपाल विकसित राष्ट्रमा जाने कुरामा चीनको पूर्ण समर्थन छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल अति कम विकसित देशहरुको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनको पूर्ण समर्थन रहने बताएका छन् ।

अमेरिका र चीनको औपचारिक भ्रमणपपछि स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै नेपाललाई विकसित राष्ट्रको सूचीमा राख्न चीनसँगको व्यापार, लगानी अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै अगाडि बढ्ने कुरामा चीनको पूर्ण समर्थन रहने बताएका हुन् । 

उनले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता भयो । दुवै देशका विद्यामान अवसर र सम्भावनाहरुको भरपूर सदुपयोग गर्दै आपसी सम्बन्ध थप दरिलो बनाउने विषयमा सघन छलफल गरियो । २०२६ सम्ममा नेपाल अतिकम विकसित देशहरुको सूचीबाट विकसित राष्ट्रमा जाने सम्बन्धमा चीनले गरिबी निवारण र आर्थिक समृद्धि क्षेत्रमा हासिल गरेको सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै अगाडि बढ्ने कुरामा चीनले पूर्ण समर्थन रहने जनाएको छ ।’

उनले चीन भ्रमणको क्रममा चीनका राष्ट्रपति सीचिनफिङसँग नेपाल–चीन सम्बन्धलाई थप उचाई दिन छलफल भएको भन्दै सोक्रममा दुई देशबीच रहेको सम्बन्धलाई प्रगाढ बनाउने र नेपालको विकासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर छलफल भएको बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेका सम्भावनाहरुलाई मूर्त रुप दिन नेपाल सरकार प्रतिबद्ध रहेको भन्दै उक्त विषयमा चीन पक्षका प्रतिनिधिले सकारात्मक सन्देश प्रवाह गरेका बताए ।

Skip This
Skip This
Logo