पोखरामा चीनबाट सोझै हवाई उडान गर्नेबारे सकारात्मक छलफल भएकाे प्रधानमन्त्रीकाे दाबी

पोखरामा चीनबाट सोझै हवाई उडान गर्नेबारे सकारात्मक छलफल भएकाे प्रधानमन्त्रीकाे दाबी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

अमेरिका र चीनको औपचारिक भ्रमणपपछि स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बोल्दै यस्ताे बताएका हुन् । 

उनले भने, ‘पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको उड्यन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल हुनुको साथै असल मित्रको रुपमा दुई देशबीच भएका समझदारीहरुमा आधारित भई अगाडि बढाउने कुरा भएको छ । नेपालमा लगानीको प्रचुर सम्भावना रहेको छ, ती सम्भावनाहरुलाई मूर्त रुप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध भएको विश्वास दिलाएको छु । चीन पक्षका प्रतिनिधिले सकारात्मक सन्देश प्रवाह गरेका थिए भने उद्योगी व्यापारीहरुको उत्साहजनक उपस्थिति थियो ।’

यस्तै, दुई पक्षीय वार्तामा नेपालको उत्तरी सीमा क्षेत्रका विकट गाउँमा चीनको तर्फबाट प्रशारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा सौर्य प्रणाली जडानलगायतका पूर्वाधार विकासबारे छलफल भएको उनले बताए । 

Skip This
Skip This
Logo