कोशी प्रदेश अध्यक्षमा खतिवडा र ढकाल भिड्ने सम्भावना, यस्ताे छ तालिका

कोशी प्रदेश अध्यक्षमा खतिवडा र ढकाल भिड्ने सम्भावना, यस्ताे छ तालिका

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ। 

शुक्रबार सुरू भएको अधिवेशनमा राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको हाे । तालिकाका अनुसार शनिबार मनोनयन र आइतबार मतदान हुनेछ । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने र मतदान भने आइतबार बिहान ११ बजेबाट हुने कार्यतालिकामा उल्लेख छ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ। एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्ने अधिवेशनमा नेताहरू सहमतिमा नेतृत्व चयन गर्न दबाब दिइरहेका छन्।

कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । खतिवडालाई सर्वसम्मत अध्यक्ष बनाउने कतिपय केन्द्रीय नेताको प्रस्ताव मान्न ढकाल तयार नभएपछि प्रतिस्पर्धा हुने भएकाे हाे । 

Logo