एमाले कोशीमा खतिवडा र ढकालबीच कस्को पल्ला भारी ? खतिवडाले जित्ने पूर्वानुमान

एमाले कोशीमा खतिवडा र ढकालबीच कस्को पल्ला भारी ? खतिवडाले जित्ने पूर्वानुमान

केन्द्रबिन्दु
14
Shares

सहमतिको प्रयास असफल भएपछि नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । खतिवडा र ढकालबीच हुने यो प्रतिस्पर्धालाई रोक्न थुप्रै नेता कार्यकर्ता सक्रिय थिए तर ढकालले उम्मेदवारी फिर्ता लिन नमानेपछि चुनावी प्रक्रियाबाट नयाँ नेतृत्व छान्ने प्रक्रिया अघि बढेकाे हाे । नयाँ नेतृत्वका लागि मध्यान्ह १२ बजेबाट मतदान हुँदैछ ।  

पार्टी संस्थापन पक्ष र शिर्ष नेताहरुले निष्ठावान राजनीति गरेका त्यागी नेता खतिवडालाई प्रदेश अध्यक्ष बन्ने वातावरण बनाउन हरसम्भव प्रयास गरेका थिए । तर आफू धेरै अगाडि बढेको भन्दै अब फर्किन गाह्रो पर्ने र नेतृत्वलाई चुनौती दिने हिसाबमा चुनावमा होमिएको अध्यक्षका उम्मेद्वार ढकालले बताएका छन् । 

मदन भण्डारीसँगै पार्टी राजनीतिमा सक्रिय रहेका खतिवडाले निरन्तर पार्टी संगठनका निम्ति आफ्नो जीवन समर्पित गरेका छन् ।

यता भुमिगतकालदेखि नै तत्कालिन नेकपा मालेबाट राजनीति गर्दै निरन्तर पार्टीका निम्ति काम गरेका खतिवडालाई यसपटक कोशी प्रदेशको नेतृत्व दिन अध्यक्ष ओलीले संकेत गरेका थिए । मदन भण्डारीसँगै पार्टी राजनीतिमा सक्रिय रहेका खतिवडाले निरन्तर पार्टी संगठनका निम्ति आफ्नो जीवन समर्पित गरेका छन् । 

कोशी अध्यक्षका निम्ति अध्यक्षको आशिर्वाद लिन बालकोट पुगेका ढकाललाई ओलीले कुनै प्रतिक्रिया नदिई बिदा गरेको तर खतिवडालाई अघि बढ्न स्पष्ट संकेत गरेकाले ढकाल पक्षधरले खतिवडालाई सरकारी उम्मेद्वारको ट्याग लगाएका छन् । 

एमाले अध्यक्ष ओलीले महासचिव शंकर पोख्रेललाई जिम्मेवारी दिंदै खतिवडाको पक्षमा माहौल बनाउन निर्देशन दिएका छन् ।

तत्कालिन लेटाङ गाउँविकासको समितीको अध्यक्ष, गाविस महासंघको अध्यक्ष हुँदै संसदीय राजनीतिमा आएका खतिवडा एमालेको चितवन महाधिवेशनमा केन्द्रिय सदस्य बन्ने धेरैको अनुमान थियो । कतिपय भर्खरका युवा र अन्य पार्टीबाट प्रवेश गर्नेहरु केन्द्रिय सदस्य बनिरहेका समयमा ०३५ सालदेखि निरन्तर पार्टी राजनीतिमा सक्रिय खतिवडा केन्द्रिय सदस्य नबन्नु आश्चर्यजनक घटना थियो । त्यसबेला पार्टी अध्यक्ष ओलीले केही समय धैर्यता राख्न आग्रह गरेकाले उनले त्यसलाई मानेको उनी निकटस्थ स्रोत बताउँछ । संसदीय राजनीतिमा पनि निष्ठाको राजनीति गरेका उनी पार्टीको स्पष्ट बहुमतको सरकार हुँदा मन्त्रि बन्न लालायित देखिएनन् । संघीय सांसद रहँदा उत्कृष्ट काम गरेका खतिवडा गत वर्षको संसदीय निर्वाचनमा झिनो मतले पराजित भएका थिए । गठबन्धनका विरुद्ध उनले हासिल गरेको मतलाई लोकप्रियताको आधार मान्न सकिन्छ । 

भविश्यमा पोलिटब्युरोमा लैजान नेतृत्वले प्रष्ट संकेत गर्दा पनि ढकाल प्रदेश अध्यक्षमै केन्द्रित रहन खोज्नुलाई उनको स्वार्थको राजनीति बुझिएको कतिपय नेताहरुको टिप्पणी छ ।

एमाले अध्यक्ष ओलीले महासचिव शंकर पोख्रेललाई जिम्मेवारी दिंदै खतिवडाको पक्षमा माहौल बनाउन निर्देशन दिएका छन् । विराटनगरमै रहेका महासचिव पोख्रेलसहित एमाले सचिव योगेश भट्टराई, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, लालबाबु पण्डित, भानुभक्त ढकाल, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतमलगायतका अधिकांश नेता पनि खतिवडाले प्रदेशको नेतृत्व पाउनुपर्ने भन्दै उनको पक्षमा खुलेर लागेका छन् । 

निरन्तर मोरङको राजनीतिमा हावी हुँदै आएका विनोद प्रदेशमा आफ्नो प्रभाव राख्ने हिसाबमा अघि बढेका देखिन्छन् । हाल केन्द्रिय सदस्य रहेको र भविश्यमा पोलिटब्युरोमा लैजाने भन्दै नेतृत्वले प्रष्ट संकेत गर्दा पनि उनी प्रदेश अध्यक्षमै केन्द्रित रहेर प्रदेश अध्यक्ष बन्न खोज्नुलाई उनको स्वार्थको राजनीति बुझिएको कतिपय नेताहरुको टिप्पणी छ । मोरङ एमालेमा दुईपटक नेतृत्व गरिसकेका ढकालले यसपटक पुराना निष्ठावान नेता खतिवडालाई नेतृत्वका निम्ति सहयोग गरेको भए उनको कद बढ्ने थियो, तर उनले निर्वाचनमा होमिएर आफ्नो परिचय खुम्च्याएको अधिवेशनका प्रतिनिधीहरुको भनाई छ।

Logo