मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक

मूल्यवृद्धिको विरोधमा रास्वपाले बहिस्कार गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बहिस्कार गर्ने भएकाे छ । 

आइतबार प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय आयोग गठन गर्ने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त सात दलका शीर्ष प्रतिनिधिलाई बैठकमा बोलाएका हुन् । तर, चाडपर्वको मुखमा सरकारले उच्च मूल्य वृद्धि गरेको भन्दै रास्वपाले त्यसको विरोध गरेको छ । रास्वपाले उक्त बैठक बहिस्कार गर्ने रास्वपा सभापति रवि लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराए ।

उनले फेसबुकमा लेखेका छन्, ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे  जानकारी दिनेछौं।’

Logo