पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्देशन लिए अनुसार नेपाल आयल निगमले मूल्य वृद्धिको निर्णय फिर्ता लिएको सदनलाई जानकारी गराएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले चाडबाड र उपभोक्ताको हितलाई ध्यानमा राखी तत्काल मूल्य फिर्ता लिन आफूले निर्देशन गरे बमोजिम पुरानै मूल्य कायम गरेका जानकारी गराएका हुन् । 

उनले भने,‘हिजो देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धि आसन्न चाडबाड र उपभोक्ताको हितलाई पनि ध्यान राखी तत्काल फिर्ता लिन मैले निर्देशन गरे बमोजिम नेपाल आयल निगमले सो मूल्य वृद्धिको निर्णय फिर्ता लिई पुरानै मूल्य कायम गरेको छ ।’ 

उनले बाहिर भ्रमणबाट प्रधानमन्त्री आउँदै गर्दा मूल्य वृद्धि भयो भन्ने कुरा उठेको भन्दै उक्त विषय आफ्नो जानकारीमा नभएको बताए । 

Skip This
Logo