मलाई हटाउने खेल सुरु भो, तर सम्भव छैन–प्रधानमन्त्री ओली

मलाई हटाउने खेल सुरु भो, तर सम्भव छैन–प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भएको बताएका छन् । आइतबार जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा बोल्दै ओलीले सो कुरा बताएका हुन् । तर आफूलाई हटाउन असम्भव हुने उनको भनाइ छ ।

आफूलाई हटाउन होटल र दूतावासमा गतिविधि बढेको उनको दाबी छ । लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरी नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने–‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप सुरु भएको छ । भित्रभित्र यस्तो अपराध गर्नेलाई राख्नुहुन्न भन्न थालेका छन् । मेरा विरुद्ध विभिन्न होटल र राजदूतावासमा गतिविधि बढेको छ ।’

सरकारले गत जेठ ७ मा नयाँ नक्सा सार्वजनिक गरेको थियो । भने नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गरी संवैधानिक अंग समेत बनाइसकेको छ । प्रधानमन्त्री ओलीले आफू आजका लागि मात्र नभई भोलिका लागि पनि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।

Logo