मध्यरातमा सकियो एमाले कोसीको मतदान, १ बजेपछि मतगणना

मध्यरातमा सकियो एमाले कोसीको मतदान, १ बजेपछि मतगणना

केन्द्रबिन्दु
0
Shares

नेतृत्व चयन गर्न भएकाे नेकपा एमाले कोसी प्रदेशको मतदान मध्यरातमा सकिएको छ। आज मतगणना गरिने एमालेले जनाएको छ। दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ।

मतदान राति अबेर सुरु भएको थियो। प्रमुख निर्वाचन आयुक्त चुणामणि आचार्यले प्राविधिक पक्ष मिलाउँदा ढिलो भएको बताए। आइतबार बिहान ११ बजेदेखि मतदान कार्यतालिका रहे पनि १० बजे रातिमात्रै सुरु भएको थियो। ३७ स्थानमा एकै पटक मत खसाल्ने व्यवस्था मिलाइएको थियो। 

निर्वाचनबाट पाँच पदाधिकारीसहित २१५ जना निर्वाचित हुनेछन्। अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्।उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्।

Logo