महंगी नियन्त्रणमा ध्यान दिन सांसद केसीको आग्रह

महंगी नियन्त्रणमा ध्यान दिन सांसद केसीको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सरकारलाई महँगी नियन्त्रण गर्न गम्भीर भएर लाग्न तथा राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा चाडपर्वको समयमा महंगी आकासिएको र कालोबजारी बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै उनले राहत कार्यक्रम ल्याउनुपर्ने माग गरे । 

उनले भने, ‘साना तथा मझौला उद्योग बन्द भएका छन् । औद्योगीक क्षेत्र हतोत्साहि छ । आर्थिक मन्दी र बेरोजगारीबाट नेपाली जनता निरास भएको बेला कालोबजारीको जगजगी छ । पश्चिम नेपालमा खाद्यान्नको अभाव सुनिएको छ ।महंगि आकासिएको छ ।चाडपर्वको अवस्थामा यो किसिमको स्थिति जुन छ त्यतातिर सरकार के हेरेर बसेको छ ? गम्भीरतापूर्वक राहत कार्यक्रम ल्याओस् ।’

Logo