काठमाडौं ।
नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।
कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । काँग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।
काँग्रेसको १३ औँ महाधिवेशन ०७२ फागुनमा सम्पन्न भएको थियो ।





























प्रतिक्रिया