एमाले सांसद गैरेको प्रश्न- विना विजनेसको सदन किन चलिरहेको छ ?

एमाले सांसद गैरेको प्रश्न- विना विजनेसको सदन किन चलिरहेको छ ?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ठाकुर गैरेले विना विजनेसको सदन किन चलिरहेको छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गैरेले कुनैपनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्दै प्रश्न गरेका हुन् । ‘विना विजनेशको सदन किन चलिरहेको छ ? यसको न कुनै सन्दर्भ छ न कुनै विजनेस छ ।’ उनले भने । 

सांसद गैरेले वन्यजन्तु नियन्त्रणमा सरकारे कुनै ध्यान नगएको र यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए । पाल्पा तानसेनको ९ गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरे र २ वटा घाइते भएको बताए । 

Logo