अर्थमन्त्रीकाे गुनासाे- सरकारलाई थोरै स्रोत साधनले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ

अर्थमन्त्रीकाे गुनासाे- सरकारलाई थोरै स्रोत साधनले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा अर्थमन्त्री महतले थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताएका हुन् । उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ ।  थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ ।’

अर्थमन्त्री महतले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी यो खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पुर्याउन आवश्यक भएको बताए । स्वास्थ्य क्षेत्रमा  लगानी गर्नुपर्ने कुरामा थप दबाब बढेको उनको भनाई छ । 

Skip This
Skip This
Logo