‘गाउँगाउँमा सिंहदरबार’ अनैतिक लाभ उठाउने अभियानमा परिणत भएको सांसद झाको टिप्पणी

‘गाउँगाउँमा सिंहदरबार’ अनैतिक लाभ उठाउने अभियानमा परिणत भएको सांसद झाको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गाउँगाउँमा सिंहदरवार राजनीतिक नारा समाजमा विकृति जन्माउने अभियानमा परिणत भएको टिप्पणी गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा सांसद झाले गाउँगाउँमा सिंहदरबार कर उठाउन र अनैतिक लाभ संकलन गर्न र गाडिको लस्कर देखाउन पुगेको ठहर जनताले गरेको बताएका हुन् । ‘गाउँगाउँमा सिंहदरबार छिर्नेछ भनेर अपेक्षा बाँडियो । राजनीतिक त्यो नाराले राम्रै अपेक्षा पनि दियो । तर गाउँगाउँमा सिंहदरबार त कर उठाउन अनैतिक लाभ संकलन गर्न लावा लस्करको गाडी देखाउन पुगेछ ।’  उनले भने । 

नागरिकलाई सामान्य आधारभूत सेवा दिन र न्याय दिन गाउँमा सिंहदरबार नपुगेको उनको भनाई छ। 

सांसद झाले जनकपुरको आरती शाहको हत्यापश्चात् उनको परिवार माइतीघरमा ११२ दिन न्यायको लागि बस्दै गर्दा पनि बन्दीहरूलाई सामान्य तारिखमा छोडिएको बताए । यस्तै कारणले न्यायालयमा रहेको हाम्रो आस्था र विश्वासलाई त्यो भवनले मात्रै थेगेको तर त्यहाँ बस्ने व्यक्तिले  आस्था र विश्वासलाई कमजोर बनाएको उनको भनाई छ । 

Skip This
Skip This
Logo