सांसद पन्तले भने- शिक्षकहरुसँग सरकारले गरेको सम्झौता मान्न संसद बाध्य छैन

सांसद पन्तले भने- शिक्षकहरुसँग सरकारले गरेको सम्झौता मान्न संसद बाध्य छैन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले संसद्लाई अप्ठ्यारो पार्ने काम गरेको बताए । 

शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक २०८० माथिको समान्य छलफलमा सांसद पन्तले राहतवाला शिक्षकहरुसंग सरकारले गरेको सम्झाैता शिक्षा विधेयकमा कर्पोरेट गर्ने काम गरेको बताएका हुन् । ‘संसद्लाई अप्ठ्यारो पार्ने काम सरकारले गर्यो । राहतवाला शिक्षकहरुसंग सरकारले गरेको सम्झौता कसरी यो विधेयकमा कर्पोरेट हुन्छ । सरकारले त्यहाँ गरेको सम्झैता यो संसद्ले मान्न बाध्य छ ? बाध्य छैन ।’ उनले भने । 

उनले संसद्ले विद्येयक आफ्नो विवेकले बनाउने तर सरकारले त्यसलाई प्रस्तुत गर्दा भावना भन्दा विपरीतको सम्झौता गर्दै हिँडेको बताए । विधेयक प्रस्तुत गर्ने तरिका उल्टो भएको उनको भनाई छ । 

Skip This
Skip This
Logo