सरकारले शिक्षा विधेयक एउटा ल्यायो र सम्झाैता अर्कै गर्योः गोकुल बास्कोटा

सरकारले शिक्षा विधेयक एउटा ल्यायो र सम्झाैता अर्कै गर्योः गोकुल बास्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले शिक्षा विधेयक एउटा र सम्झाैता अर्को गरेको बताएका छन् । 

शुक्रबार बसेको विद्यालय शिक्षा विधेयक, २०८० माथिको समान्य छलफलमा सांसद बास्कोटाले शैक्षिक क्षेत्रमा गरिएको अन्धाधुन्ध निजीकरणको परिणाम देशले ब्यहोर्नु परेको समेत बताए । उनले भने, ‘शैक्षिक क्षेत्रमा गरिएको अन्दधुन्द निजीकरणको परिणाम आजको शैक्षिक बेथिती, अतिराजनीतिकरण गुणस्तरमा कमी, ‘ब्रेन डेन’को अवस्था सबै भविष्यका कर्णधारले यो देश मेरो हो र म यहाँ बाँच्न सक्छु भन्ने आधार सिर्जना भएन ।’ 

सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरूले आफ्नै बच्चाहरूको विश्वास जित्न नसकेको अवस्था आएको सांसद बास्कोटाको भनाइ छ । जापान बनाउँछु, स्वीट्जरल्यान्ड बनाउँछु भनेर मात्र केही नहुने सबै कुराको गुणस्तर सुधार गर्नुपर्नेमा उनको जोड थियो ।

Skip This
Skip This
Logo