नेकपाको स्थायी कमिटीको चौथो बैठक १६ मा बस्ने, सदस्यले धारणा राख्ने क्रम अझै जारी

नेकपाको स्थायी कमिटीको चौथो बैठक १६ मा बस्ने, सदस्यले धारणा राख्ने क्रम अझै जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको चौथो बैठक असार १६ गते बस्ने भएको छ । कमिटीको तेस्रो दिनको बैठकमा २१ जना सदस्यले धारणा राखेसँगै बैठक स्थगित भएको हो । असार १४ गते मदन जयन्ती र १५ गते धान दिवस परेकाले अर्को बैठक असार १६ गते बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वास्थ्यताका कारण उपस्थित भएको केही समयमा नै निस्किएको र कमिटीको बैठकलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन गरेको थापाको भनाइ छ । तेस्रो दिनको बैठकमा नेपालको सीमा समस्या र समाधानका बारेमा देवेन्द्र पौडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै हिजोको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरू बोलेपछि बैठक सकिएको थियो । हिजोको बैठकमा लिलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले धारणा राखेको थिए ।

Logo