डरत्रास र प्रलोभनमा नपरी राष्ट्रसेवामा खट्न सशस्त्रका अधिकृतहरुलाई प्रधानमन्त्रीको निर्देशन

डरत्रास र प्रलोभनमा नपरी राष्ट्रसेवामा खट्न सशस्त्रका अधिकृतहरुलाई प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कामप्रति इमान्दार हुन अधिकृतहरुलाई निर्देशन दिएका छन् । 

आइतबार काठमाडौंमा आयोजित सशस्त्र प्रहरी निरीक्षक पासिङ आउट समारोहमा प्रधानमन्त्री प्रचण्डले कुनै पनि प्रकारको डरत्रास, लोभ, प्रलोभन वा गैरव्यावसायिक क्रियाकलाप वा प्रभावमा नपरी तालीममा प्राप्त गरेको सैद्धान्तिक र व्यवहारिक ज्ञान कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गरेका हुन्। 

उनले भने, ‘आज दीक्षित भई कार्यक्षेत्र जान लाग्नु भएका अधिकृतहरूमा सरकारको विशेष आग्रह छ–  तपाईंहरूका लागि राज्यले ठूलो लगानी गरेको छ, निकै ठूलो भरोसा गरेको छ, लगानी अनुरूपको नतिजाको अपेक्षा पनि गरेको छ । तसर्थ, कुनै पनि प्रकारको डरत्रास, लोभ, प्रलोभन वा गैरव्यावसायिक क्रियाकलाप वा प्रभावमा नपरी तालीममा प्राप्त गरेको सैद्धान्तिक र व्यवहारिक ज्ञान कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गर्दै अनुकरणीय अधिकृतका रूपमा आफूलाई स्थापित गर्नुहुनेछ भन्ने अपेक्षा र निर्देशन समेत गर्दछु ।’

राज्यद्वारा प्राप्त जिम्मेवारी कुशलतापूर्वक पुरा गर्न सङ्गठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले यो कार्यक्रमले व्यक्तिगत एवं व्यवसायिक जीवनमा नयाँ उर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताए । 

Skip This
Skip This
Logo