नेविसंघकाे चेतावनी- शिक्षा विधेयकसंग सम्बन्धित माग सम्बोधन नभए सडकमा आउँछौं

नेविसंघकाे चेतावनी- शिक्षा विधेयकसंग सम्बन्धित माग सम्बोधन नभए सडकमा आउँछौं

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा विधेयकसंग सम्बन्धित आफ्ना धाराणाहरु संसदबाट पास नभए आफूहरू सडकमा आउने चेतावनी दिएका छन् । 

आइतबार काठमाडौंमा नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले विद्यार्थीहरूको हक हित हुने गरी विधेयकमा विषयहरु नसमेटिए आन्दोलनमा उत्रने चेतावनी दिए । ‘शिक्षा विधेयक आयो तर हाम्रो मागहरू संसदमा पास नभए हामी सडकमा आउँछौं ।  शिक्षा विधेयकमा दरबन्दीका कुराहरूमा कुनै पनि बहानामा विद्यार्थी र  विद्यार्थीको अभिभावकसँग चाहे पुस्तक, फि, परीक्षा, लाईबेरी खर्चको हरेक कुरामा माध्यमिक तहसम्मका विद्यार्थीलाई कुनै पनि शुल्क लिन पाउँदै पाउँदैन ।’ 

अहिलेसम्म पनि शिक्षा विधेयकमा स्पष्ट रुपमा विद्यालयको मापदण्ड तय नभएको अध्यक्ष शेर्पाको भनाई छ । उनले विश्वमा हरेक सफलताको पछाडि शिक्षा भएको बताएका छन् । शिक्षालाई नै प्रहार गर्ने हो भने केही पनि सफल नहुने उनको भनाई छ । 

Skip This
Skip This
Logo