इजरायल द्वन्द्वबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलीय बैठक आह्वान

इजरायल द्वन्द्वबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् र सर्वदलीय बैठक आह्वान

केन्द्रबिन्दु
0
Shares

इजरायलमा जारी द्वन्द्वमा नेपालीको अवस्था र उद्धारबारे आवश्यक निर्णय  गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएका छन्। 

प्रधानमन्त्री प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएकाे र मन्त्रिपरिषद् बैठकलगत्तै साँझ पाँच बजे सर्वदलीय बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । उनले भने ‘प्रधानमन्त्रीबाट दिउँसो चार बजे मन्त्रिपरिषद् र त्यस लगत्तै सर्वदलिय बैठक आह्वान भएको छ।’ 

बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने अपेक्षा छ। 

Skip This
Skip This
Logo