नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले भारतबाट अवैध रुपमा आयात भएका खसीबोकाहरुको नियन्त्रण गर्न सरकारलाई माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बर्तौलाले नेपालका किसानहरु बजारको माग गर्दै मन्त्रालय धाईरहेको अवस्थामा ६० प्रतिशत भारतबाट अवैध आयात खसीबोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् ।
‘नेपालका किसानहरु हामीले बाख्रा पाल्यौं उत्पादन गर्यौ तर बजार पाएनौं, मूल्य पाएनौ भन्नुहुन्छ । भारतको खसी बोकाले कब्जा गर्यो बजार । नेपाल सरकारको आधिकारिक निकायलाई सोध्दा एउटा पनि खसी बोका मासुको लागि आयात भएको छैन् ।’ उनले भने,‘ तर काठमाडौंको खसी बजारमा ६० प्रतिशत भन्दा बढि भारतबाट आएर कब्जा गरेको छ । यो कसरी आइपुग्छ । गम्भिर प्रश्न खडा भयो । यस प्रकारको अवैध आयातमा आँखा चिम्लेर बस्ने ?यस्तो अवैध आयात तुरुन्त नियन्त्रण गरियोस् ।’
नेपालको सिमानामा कडा भन्दा कडा सुरक्षाको व्यवस्था गर्नुपर्ने पनि उनको माग छ ।































प्रतिक्रिया