कोशी काँग्रेसद्वारा कार्यसम्पादन समितिको बैठक आह्वान

कोशी काँग्रेसद्वारा कार्यसम्पादन समितिको बैठक आह्वान

केन्द्रबिन्दु
0
Shares

कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसित सत्ता समीकरण गरेपछि नेपाली काँग्रेसले प्रदेश कार्यसम्पादन समिति बैठक बोलाएको छ।

विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने गरि बैठक आह्वान गरिएको हो। बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने बताइएको छ।

बिहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि काँग्रेस कोशीका ८ जना सांसदले एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेका थिए।

आङ्बो र कार्की दुवैले प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिसकेका छन्।संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ।

Skip This
Skip This
Logo