प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट दिने व्यवस्था मिलाइएको बताएका छन् ।
शुक्रबार राष्ट्रियसभाको बेठकमा अपांगता सम्बन्धी संकल्प प्रस्तावमाथि छलफलपछि प्रधानमन्त्री दाहालले उनीहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्ने बताएका हुन् । ‘अपाङ्गता भएका व्यक्तिहरुले संञ्चालन गरेका उद्योगहरुको लागि कच्च पदार्थमा भन्सार छुट दिने व्यवस्था मिलाइने छ । उनीहरुबाट सिर्जना भएको उत्पादनको सरकारले विशेष संरक्षण गर्नेछ । र स्वावलम्बी जिवनयापन गर्न सबै खालको सहयोग गर्नेछौं ।’
प्रधानमन्त्री दाहालले क्षमता र रुचि अनुरुपको कामका लागि स्थानीय सरकार संगको सहकार्यमा नतिजा मुखि काम गर्न सरकार प्रयत्नशिल रहेको बताए । ‘अपाङ्गता वा फरक क्षमता भएका श्रम सम्बन्धी वा रोजगार सम्बन्धी हकलाई सरकारले उच्च प्राथमीकतामा राखेको छ । अपाङ्गता वा फरक क्षमता भएका व्यक्तिहरु लक्षित विभिन्नरोजगार मुलक कार्यक्रम संञ्चालन गर्दै आएको छ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम युवा स्वरोजगार कार्यक्रम गरिबी निवारण जस्ता कार्यक्रकमभित्र अपाङ्गता भएका लाभग्राहीहरुलाई उच्च प्राथमिकता दिने उनको भनाई छ । उनले अगामी दिनमा यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउँदै लाने सरकारी नीति रहेको बताए ।
प्रतिक्रिया