कर्णाली प्रदेश सम्पन्न भए मुलुक समृद्ध बन्छः उपप्रधानमन्त्री खड्का

कर्णाली प्रदेश सम्पन्न भए मुलुक समृद्ध बन्छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । 

उद्योग वाणिज्य संघले सुर्खेतमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको बताएका हुन् । 

उनले कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना हुदाँ पनि भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नु पर्ने बताए । उनले विकास निर्माणमापछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने बताए । 

वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने पनि उपप्रधानमन्त्री खड्काको भनाई छ । उनले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखिनै पहल गर्नुपर्ने आवश्कता ओैंल्याएका छन् ।

Logo