मुख्यमन्त्री कार्कीले भने- राजनीतिक संकट टर्‍यो, अब सहमतिको सरकार बन्छ

मुख्यमन्त्री कार्कीले भने- राजनीतिक संकट टर्‍यो, अब सहमतिको सरकार बन्छ

केन्द्रबिन्दु
0
Shares

कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताएका छन् ।

आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद बनेको भन्दै आगामी दिनमा सहमतिको सरकार बन्ने दाबी गरे ।

आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी पनि उनले गरे । उनले भने, ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो तर अब यी सबै चिन्ता सकिएको छ । अब आगामी दिनमा सहमतिको सरकार बन्छ ।’

प्रदेशमा देखिएका सामाजिक, साँस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए । 

कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजै दुईजना मन्त्रीलाई नियुक्त गरेका छन् । नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राई मन्त्री बनेका छन् । उनीहरुले मन्त्रीको शपथ पनि लिएका छन्। उनीहरूलाई अहिले विनाविभागीय मन्त्री बनाइएको छ। 

Logo