उपप्रधानमन्त्री श्रेष्ठलाई भएकाे के हाे ? अस्पतालले जारी गर्‍याे नाेट

उपप्रधानमन्त्री श्रेष्ठलाई भएकाे के हाे ? अस्पतालले जारी गर्‍याे नाेट

केन्द्रबिन्दु
0
Shares

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको पुष्टि भएको छ । 

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठको आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (इः)’ मा अवरोध देखिएको उनको सचिवालयले जनाएको छ । बिहीबार उनी उपचाररत् पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल बेइजिङले  उपप्रधानमन्त्री श्रेष्ठको ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको जानकारी दिएको सचिवालयको भनाई छ । 

गृहमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ। 

श्रेष्ठलाई अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा राखिएको र उनको अवस्था सुधारोन्मुख रहेको पनि अस्पतालले जनाएको छ। ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो। 

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

Logo