राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५०० जनाको ज्यान जाने गरी गाजाको अल अहली अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ।
रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै गाजाको अल अहली अस्पतालमा बिरामी, कुरुवा, डाक्टर, नर्स लगायतले ज्यान गुमाउनुपर्दा आफूहरू दुःखी र स्तब्ध भएको जनाएको हाे।
“यस्तो चुनौतीपूर्ण समयमा, हामीले नागरिकहरूको जीवन र कल्याणको रक्षा गर्ने हाम्रो साझा दायित्वलाई सम्झनुपर्छ। हिंसाको बीचमा हामी सम्बन्धित सबै पक्षहरूलाई सबैभन्दा माथि नागरिकहरूको प्राथमिकता दिन आग्रह गर्दछौँ,” रास्वपाले भनेको छ। छिट्टै द्वन्द्व समाधान होस् र शान्ति स्थापना होस् भन्ने रास्वपाको चाहना रहेको उल्लेख छ। फजारी गाजा द्वन्द्वमा नागरिक हताहत हुनु रास्वपाको लागि गम्भीर र चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ।
































प्रतिक्रिया