केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटन विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : प्रतिनिधिसभा विघटन विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रतिनिधिसभा विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आइतबार बहस नसिकएपछि सोमबारका लागि राखिएको हो। सर्वोच्चले आइतबारदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने जनाएको छ । आइतबार भएको बहसमा सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गरेका थिए ।

जारी, प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आइतबार टियू क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मती प्रदेशले सुखद् सुरुआत गरेको छ । यस्तै, विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

कोभिड १९ संक्रमणका कारण गत चैत्र ११ गते भएको लकडाउनपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिकरुपमै खुलेका छन् । महानगरपालिकाले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले भौतिकरुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारबाट विद्यालयहरू खुल्न थालेका हुन् ।

सरकारले प्रतिनिधिसभाको विघटन गर्दै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधिक चुनाव घोषणा गरेसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि परेका रिटमाथि सुनुवाई हुन बाँकी नै रहेपनि निर्वाचन आयोग भने आन्तरिक काममा जुटेको हो । यस क्रममा आइतबार आयोगले निर्वाचनका सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । छलफलमा प्रचण्ड–माधव समूहको नेकपाले चुनावको विपक्षमा बोलेको छ भने, कांग्रेसले चुनावमा सहभागिता जनाउने उल्लेख गरेको छ ।

विश्व महामारीको रुपमा रहेको कोरोना विरुद्ध विभिन्न प्रकारका भ्याक्सिनहरू निर्माण र प्रयोगमा आएपनि नयाँ सङ्क्रामक भाइरसका कारण यसको त्रास झनै बढ्दै गएको छ । उच्च सङ्क्रामक क्षमताको उक्त भाइरस सुरुमा ब्रिटेनमा देखा परेपनि हालसम्म ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ । यस्तो अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झनै कठिन हुने चेतावनी दिएको छ ।

Logo