चीनका पूर्वप्रधानमन्त्रीको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा शोक व्यक्त

चीनका पूर्वप्रधानमन्त्रीको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा शोक व्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनको पुर्व प्रधानमन्त्री ली खछ्याङको निधनमा दुःख व्यक्त गरेका छन्। जनवादी गणतन्त्र चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङ निधनको दुखद खबरले गहिरो दुःख व्यक्त गरेका हुन्।

‘जनवादी गणतन्त्र चीनका पूर्वप्रधानमन्त्रीको निधनले नेपालले असल साथी गुमाएको छ,’ प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गर्दै भनेका छन्,‘नेपाल सरकार र मेरो आफ्नै तर्फबाट उहाँको शोकसन्तप्त परिवार, सरकार र चीनका जनताप्रति गहिरो समवेदना।’ 

चीनका पुर्वप्रधानमन्त्री लीको हिजो सांघाइमा हृदयघातका कारण निधन भएको थियो। 

Logo