पूर्वसभामुख अग्नी सापकोटाले संसद्को गरिमालाई जोगाउन ढिला नगरी संसदहरुले सामूहिक पहल सुरु गर्नुपर्ने बताएका छन्।
सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसद्हरुले सहयोग गर्नुपर्ने बताउँदै सांसद्हरुकै सामुहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुने धारणा व्यक्त गरेका छन्।
‘म संसदका दुवै सदनका सदस्यहरुलाई विशेष रुपमा अपिल गर्छुकि उहाँहरुले सामुहिक रुपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस्।अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामुहिक छलफल आजैदेखि थाल्नुपर्छ।’सभामुख सापकोटाको भनाई थियो।
अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्व सभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरुले गर्ने राम्रा काम र सामुहिक रुपमा लिने पहलकदमीको थालनी सँगै अन्त्य हुने बताए। सापकोटाले भने,‘जब सांसदहरुले सामुहिक पहल कदमी लिन थाल्छन् त्यससँगै नागरिकमा आशाका झिल्काहरु देखिन थाल्छन्।’
आफ्नो सभामुखकालमा उनले निर्वाह गरेको भूमिका सभामुख भन्दा पार्टीको निणर्यज स्तो देखिएको र निष्पक्ष नभएको भन्ने प्रश्नमा सापकोटाले आफू सभामुख रहँदा निष्पक्ष,तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको दाबी गरे।
‘म यतिसम्म दाबी गर्छुकि मैले आफ्नो कार्यकालमा संवैधानिक नैतिकताको समेत ख्याल गरेर काम गरेको छु। भन्नत मान्छेहरुले के के भन्लान तर मैले जे गरेको छु आफ्नै निर्णय गरेको छु। म सभामुखको निष्पक्ष,तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको छु र आफ्नो सभामुखको कार्यकालप्रति गर्व गर्छु ’ सापकोटाले दाबी गरे।





























प्रतिक्रिया