महासचिव गुटेरेस भन्छन्- इजरायलमा हराएका विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु

महासचिव गुटेरेस भन्छन्- इजरायलमा हराएका विपिन जोशीको सकुशल फिर्तिको कामना गर्छु

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताको कामना गरेका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटपछि उनले गुटरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दैै जोशीको लागि स्वदेश फिर्तिको कामना गरे । 

इजरायलले सैन्य कारबाही झनै बढाएर गाजामा मानविय सहायतामा समेत कठिनाई भएको भन्दै उनले मानिसहरुको हत्या र घाईते बनाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले भने, ‘मानिसहरुको हत्याको कुनै कारण हुन सक्दैन् ।’ 

सबैपक्षले अन्तराष्ट्रिय मानविय कानूनको सम्मान गर्नु पर्ने भन्दै उनले युद्धरत पक्षलाई तत्काल शान्ति कायम गर्न र कब्जामा रहेकाहरुलाई छोड्न अपिल गरेका छन् । हाल गाजाको अवस्था धेरै निराशाजनक रहेको भन्दै उनले सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नुपर्नेमा बताए ।  

Logo