‘पूर्व महासचिव मूनले ल्होत्से हलमा गरेका थिए सम्बोधन’

‘पूर्व महासचिव मूनले ल्होत्से हलमा गरेका थिए सम्बोधन’

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई मंगलबार ४ः०० बजे सम्बोधन गर्ने भएका छन्।

महासचिव गुटेरेस नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि हुनेछन्। यसअघि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका तत्कालिन महासचिव वान्की मूनले संसदको ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गरेका थिए।

त्यतिबेला संसद्को ऐन र नियमावलीमा त्यसरी सम्बोधन गर्ने व्यवस्था नभएकाले ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गर्ने प्रवन्ध मिलाइएको प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले बताए।

संविधान सभाले संविधान बनाएर घोषणा गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेका थिए। २०५० साल तिर भारतका तत्कालिन प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल भ्रमणमा आएका बेला पनि उनले संसदलाई सम्वोधन गर्ने विषयमा छलफल भएको थियो।

तर संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीमा त्यस किसिमको व्यवस्था नभएकाले नियम संशोधन गरेर भएपनि सम्बोधनको प्रवन्ध मिलाउने सल्लाह भएको सम्झन्छन् संसद्का तत्कालिन महासचिव सूर्य किरण गुरुङ्ग।

तर किन हो गुजरालले सम्वोधन भने गरेनन्। उच्च तहका व्यक्तित्वहरु आफ्नो देशको औपचारिक भ्रमणमा आएका बेला सम्मानार्थ संसद्लाई सम्वोधन गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको पूर्व महासचिव गुरुङ्गले बताए। 

Logo