अध्यक्ष ओलीले भने- ‘गुटेरेसको सम्बोधन धेरै राम्रो’

अध्यक्ष ओलीले भने- ‘गुटेरेसको सम्बोधन धेरै राम्रो’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय दिन आवश्यक रहेको बताएका छन् ।

मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर, छिटो समाधान गर्नुपर्ने बताएका हुन् । 

उनले भने,‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नपर्छ, सकेसम्म छिटो समाधान होस भन्न् कामना गर्नुभएको छ । हाम्रो पार्टीले उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छु ।’ 

महासचिव गुटेरेसले नेपाली र नेपाल राष्ट्रको राम्रो मूल्याङ्कन गरेको उनले बताए । गरिब देशहरुलाई सम्पन्न र धनी देशहरुले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिवद्धताहरुलाई पूरा गर्नुपर्ने गुटेरेसको विशेष जोड रहेको उनको भनाई छ । 

अध्यक्ष ओलीले गुटेरेसको सम्बोधन संक्षिप्तमा र धेरै राम्रो रहेको बताए । 

Logo