रवि लामिछानेकाे टिप्पणी- चियापान कार्यक्रमले राजनीतिक तिक्तता हट्दैन

रवि लामिछानेकाे टिप्पणी- चियापान कार्यक्रमले राजनीतिक तिक्तता हट्दैन


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्नु झूट भएको बताएका छन् । 

आज नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले राजनीतिक तितोपनलाई हटाउन चियापान काफी नभएको भन्दै त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्ने बताएका हुन् । 

उनले भने, ‘यस्तो चियापानले राजनीतिमा भएको तितोपनलाई हटाउँछ भन्ने कुरा झूट बोलेको हुन्छ । त्यसका लागि छुट्टै बैठक र एजेण्डा हुनुपर्छ । राजनीतिक तिक्तताको मुद्दा छुट्याउनु पर्छ । अनि बैठक बस्नु पर्छ । यसका लागि रास्वपा सधैँ नै तयार छ ।’

सभापति लामिछानेले थपे, ‘यो बीचमा भएका कमी कमजोरीहरुलाई कमसेकम सूचिगत गरेर यो ३–४ वर्ष तपाईहरु हामीलाई प्रतिपक्षमा छोडेर काम गर्नुस् भनेर मैले मुलुकको अवस्थाप्रति चिन्ता प्रकट गरेर सद्भावपूर्ण रुपमा भनेको हो । आम जनताको जीवनमा एक किसिमको तनाव देखिएको छ । त्यसलाई राष्ट्रिय रुपमा सम्बोधन गर्नका लागि सबै दलहरु मिलेर लागौं । हामी त नयाँ आएका हौं हामी प्रतिपक्ष सम्हाल्छौ भनेर भनेका छौँ ।’

उनले सबै दलहरुको लक्ष्य एउटै भए पनि बाटोहरु फरक भएको हुनाले केही समस्याहरु आउनु स्वाभाविक भएको पनि बताए ।

Logo