मेयर फोरमको बैठक बहिस्कारबारे बालेन शाहले भने- काठमाडौं महानगर बिक्रीमा छैन

मेयर फोरमको बैठक बहिस्कारबारे बालेन शाहले भने- काठमाडौं महानगर बिक्रीमा छैन


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेकोबारे बोलेका छन् । 

मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न दिनुस् भनेर आग्रह गर्दा पनि बोल्न नपाएपछि उनी बैठक छाडेर बाहिरिएको समाचार बाहिरिएपछि आज साँझ उनले प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको बताएका हुन् । 

उनले भनेका छन्, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन ।’ 

नेपालका नेताहरुले देश नै बेच्न खोजिसकेकाे टिप्पणी गरेका उनले थपेका छन्- ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लई भएपनि नेपाल भनेर उभिनेछ ।’

फोरमको बैठकको अध्यक्षता ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गरेका थिए । उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थाको प्रस्तुतिको क्रममै मेयर बालेनले बोल्न खोजेको तर, बैठकको प्रक्रिया पुर्याएर मात्रै बोल्न भनेपछि उनी बैठकबाट बाहिरिएको समाचारहरुमा छापिएकाे थियाे । 

Logo