प्रदेशलाई अधिकार र जनशक्ति नदिँदा संघीयता कसरी टिक्छ ? -उपेन्द्र यादव

प्रदेशलाई अधिकार र जनशक्ति नदिँदा संघीयता कसरी टिक्छ ? -उपेन्द्र यादव


 
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले प्रदेशहरुलाई अधिकार, कानून र आवश्यक जनशक्ति समेत नदिने अवस्थाले संघीय गणतन्त्र कसरी टिक्छ भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘सांसदले भन्दै हुनुहुन्थ्यो, प्रदेश खारेज गरौं भन्नै पर्दैन । यता बस्ने साथी सांसदहरूले संघीयता खारेज गर्लान् जस्तो देखियो । प्रदेशहरुलाई अधिकार, कानून र आवश्यक जनशक्ति समेत नदिने अवस्थाले संघीय गणतन्त्र कसरी टिक्छ ? कसरी संस्थागत हुन्छ भन्ने गम्भीर प्रश्न रहेको छ ।’

संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै अध्यक्ष यादवले सच्याउनुपर्ने बताए । समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उनको भनाइ छ ।

Logo