शान्तिको पक्षमा आज काठमाडौँको रत्नपार्कमा जुलुश हुने

शान्तिको पक्षमा आज काठमाडौँको रत्नपार्कमा जुलुश हुने

केन्द्रबिन्दु
0
Shares

प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा बृहत जुलुश गर्ने भएका छन्।

पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँसो १ बजे रत्नपार्कबाट वृहत्त जुलुश निकालिने जनाएको हो।
 
'अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतकोविरूद्ध' भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन्। रत्नपार्कबाट हुने वृहत्त जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ। 

Skip This
Skip This
Logo