राष्ट्रपति पौडेलको युरोप भ्रमण स्वीकृत [मन्त्रिपरिषद्काे निर्णयसहित]

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्वीकृत [मन्त्रिपरिषद्काे निर्णयसहित]

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्वीकृत गरेको छ । 

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् । 

उनले भनिन्, ‘राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गतेका दिन स्वदेश कित हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ ।’ 

यस्तै, मन्त्री शर्माले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल छैठौँ चीन अन्तराष्ट्रिय मेलामा सहभागि हुन चीन जान स्विकृती दिनेलगायत अन्य निर्णय गरेको जानकारी दिइन् । 

यस्ता छन् मन्त्रिपरिषद्को बैठकबाट भएका निर्णयहरु- 

  • छैठौँ चिन अन्तराष्ट्रिय मेलामा सहभागि हुन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई स्विकृती दिने निर्णय भएको छ । 
  • कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगत सञ्चालित परियोजना आयोजनाका लागि २६१ राजपत्रांकित पदहरुको स्थायी दरबन्दी स्विकृत गर्ने निर्णय पनि भएको छ । 
  • कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण व्यवसायीकरणलगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरियाबीच हुने समझदारी पत्र स्विकृत गर्ने निर्णय भएको छ । 
  • पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद्ले गर्नुपर्ने काम गर्नको लागि  पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन २०७९ बमोजिम समिति गठन गर्ने, 
  • निमा तामाङ्को नाममा झुठो विवरण पेश गरि जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी नीजलाइ नेपाली नागरिकबाट हटाउने ।

Logo