नेपालगञ्ज सभालाई कमल थापाले सम्बोधन गर्दै

नेपालगञ्ज सभालाई कमल थापाले सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज नेपालगञ्जमा सम्बोधन गर्दैछन्। राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई थापाले आज सम्बोधन गर्न लागेका हुन्।

 

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ। 

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह-महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेस गर्नेसमेत पार्टीले जनाएको छ।

Skip This
Skip This
Logo