कोसी प्रदेश सरकारबाट बाहिरियो एमाले

कोसी प्रदेश सरकारबाट बाहिरियो एमाले

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन्। उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन्।

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए । आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

Skip This
Skip This
Logo